मर्मतका लागि मध्यमर्स्याङ्दी दस दिन बन्द

आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमा समेत क्षति पु¥याउन थालेपछि मर्मत गर्न लागिएको हो । आयोजना यही फागुन १० देखि २० गतेसम्म बन्द गरिने बताइएको छ ।

सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दस दिन बन्द हुने भएको छ ।

आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमा समेत क्षति पु¥याउन थालेपछि मर्मत गर्न लागिएको हो । आयोजना यही फागुन १० देखि २० गतेसम्म बन्द गरिने बताइएको छ ।

वर्षाको समयमा बाँधको बायाँ तर्फबाट खसेको पहिराका कारण समस्या आएको र त्यसले आयोजनाको संरचनामा समेत क्षति पुग्ने भएकाले दस दिन परियोजना बन्द गरेरै मर्मत गर्न लागिएको हो । मध्यमर्स्याङ्दीको विद्युत् उत्पादन बन्द भए पनि आम उपभोक्तालाई विद्युत् कटौतीको समस्या नपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कुनै भवितव्यले विद्युत् प्रणालीमा समस्या उत्पन्न भए मुलुकको कुनै स्थानमा केही समय भने विद्युत् आपूर्ति सामान्य रुपमा अवरुद्ध हुनसक्ने घिसिङको भनाइ छ ।

उनले भने, ‘यस अवधिमा विद्युत् कटौती हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युतगृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्था गरिएको छ । भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ । समस्या पर्ला जस्तो लाग्दैन ।’

प्राधिकरणका अनुसार हाल कुलेखानीस्थित इन्द्रसरोवरमा पानीको सतह एक हजार ५२१ दशमलव ९८ मिटर छ जुन गत वर्षको यही अवधिको तुलनामा ३ दशमलव ८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

मध्यमर्स्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको आयोजनाका प्रमुख पशुपति गौतमले जानकारी दिए ।

‘गतवर्ष नै मर्मत गर्न लागेका थियौंं तर भारप्रेषण केन्द्र (एलडीसी)बाट विद्युत् व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो,’ उनले भने, ‘यसवर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिएपछि दस दिनभित्र मर्मत सक्ने गरी केन्द्रबाट अनुमति पाएका छौं ।’

आयोजना प्रमुख गौतमका अनुसार, मर्मतको काम २४ सै घण्टा सञ्चालन गरिने छ । सो आयोजनाबाट विद्युतको माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

अन्य समयमा नदीमा पानीको सतह घटेका कारण करिब ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । मध्यमर्स्याङ्दी आयोजना अर्धजलाशययुक्त आयोजना हो ।