नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको सो फोहोर प्रयोगमा ल्याउन मिल्ने जतिलाई पुन प्रयोग गर्ने र नमिल्नेलाई जलाउने योजना अगाडि सारिएको छ ।
काठमाडौं । सगरमाथा सफाइमा जुटेको सरकारी टोलीले ४ हजार किलो फोहोर काठमाडौं ल्याएको छ । वैशाख १ गतेबाट सुरु गरिएको सफाइका क्रममा सङ्कलन गरिएको फोहोर काठमाडौं ल्याइएको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको सो फोहोर प्रयोगमा ल्याउन मिल्ने जतिलाई पुन प्रयोग गर्ने र नमिल्नेलाई जलाउने योजना अगाडि सारिएको छ ।
सफाइ अभियानका प्रचार संयोजक एवम् पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले काठमाडौं ल्याइएकोमध्ये १ हजार किलो फोहोर व्यवस्थापनका लागि ब्ल्यु ओस्ट टु भ्यालु संस्थालाई दिइएको जानकारी दिए । बाँकी ३ हजार केजी फोहोर त्रिभुवन विमानस्थलमा रहेको नेपाली सेनाको १४ नम्बर बाहिनीमा राखिएको बताए ।
सफाइ टोली हाल सगरमाथा बेसक्याम्प, क्याम्प १, क्याम्प २, क्याम्प ३ र क्याम्प ४ हुँदै साउथपोलसम्म पुगेको जनाइएको छ । सगरमाथा सफाइका लागि १२ जना शेर्पा खटिएका छन् ।