एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार विराटनगरमा अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो समयमा बङ्गलादेशले आर्थिक वृद्धिदर र विकासमा उत्कृष्ट कार्य गरेको जानकारी दिए ।
विराटनगर । नेपालका लागि बङ्गलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन्। एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार विराटनगरमा अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो समयमा बङ्गलादेशले आर्थिक वृद्धिदर र विकासमा उत्कृष्ट कार्य गरेको जानकारी दिए ।
उनले प्रदेश नं १ र बङ्गलादेश एकअर्काबीच पुलको रुपमा रहनसक्ने बताउनुहुँदै यसबाट यस क्षेत्रमा फाइदा लिन सकिन्छ भने । एभरेष्ट स्कूलले उच्च शिक्षा सञ्चालनका लागि २४ हजार स्क्वायर फिटमा नयाँ प्रविधियुक्त भवन बनाउन लागिपरेको फाउण्डेशनका अध्यक्ष विनोद ढकालले जानकारी दिए ।
उक्त विद्यालयले आगामी तीन महीनाभित्र ४२ कोठे भवन निर्माण गर्ने लक्ष्य राखेको छ । कम खर्चमै भूकम्पप्रतिरोधी र छोटो समयमा निर्माण गर्न सकिने विद्यालय भवन निर्माण गरिरहेको हिमालय प्रिफेव प्रालिका कार्यकारी निर्देशक नीलमणि सापकोटाले बताए ।
बङ्गलादेशको म्याक डोनाल्ड स्टिल लिमिटेडका साइद अहमदले जापानको निप्पोन स्टिलबाट उत्पादित कच्चा पदार्थ प्रयोग गरी आधुनिक उपकरण प्रयोगबाट विद्यालय निर्माण गरिने बताए । रासस