त्रिशूली नदीमा बस खस्यो, ५ जनाको मृत्यु, २९ घाइते

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो ।

धादिङ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दाँ पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २९ जना घाईते भएका छन् । घाईतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ ल्याइएको छ भने अन्य घाईतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले नाएको छ ।

बस सडकबाट करिब ६० मिटर तल त्रिशूली नदिमा खसर दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।