अन्तर्राष्ट्रिय कृषि मेला सम्पन्न, दस करोड रुपैयाँको कारोबार

कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारदेखि सुरु भएको मेलामा लगभग ४३ हजार दर्शकले अवलोकन गरेको आयोजकले बताएका छन् ।

राजधानीको भृकुटीमण्डपमा सञ्चालित दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला आज सम्पन्न भएको छ । मेलामा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले बताएका छन् ।

नेपाल, भारत, बङ्गलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स लगायत मुलुकका विभिन्न व्यवसायीले प्रदर्शनीमा भाग लिएका थिए । कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारदेखि सुरु भएको मेलामा लगभग ४३ हजार दर्शकले अवलोकन गरेको आयोजकले बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेस सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्याक्टर लिमिटेड (सोनालिका), महेन्द्रा कम्पनी, पोषकदाना, नेपाल पोल्ट्री महासङ्घ, कृषि उद्यम केन्द्र नेपाल, नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासङ्घको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा साना औजार, यन्त्रदेखि कृषि, दुग्ध उद्योग तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्रीवितरण भएको थियो ।

रासस