गोरखाको एउटा वडामा मासु खान र पशुपंक्षी पाल्न पनि नपाइने, नियम उल्लंघन गरे ५० हजार जरिवाना

‘अब हाम्रो वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुनेछ’ चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, 'अब यस वडामा काटमार गरेको देखेर खबर गरेमा उनीहरुलाई पनि १५ हजार इनाम दिने व्यवस्था गरेको छ ।'

काठमाडौं । गोरखाको एउटा वडामा मासु खान र पशुपालन गर्न नपाइने भएको छ । चुमनुब्री गाउँपालिका–४ मा मासु खान पाल्न र किनबेच गर्न प्रतिबन्ध लगाएको हो । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ ले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको हो ।

‘अब हाम्रो वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुनेछ’ चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘अब यस वडामा काटमार गरेको देखेर खबर गरेमा उनीहरुलाई पनि १५ हजार इनाम दिने व्यवस्था गरेको छ ।’

चुमनुब्री गाउँपालिका वडा नम्बर १, सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ यसअघि नै काटमार नहुने स्थान हुन् । तर स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो । ती गाउँमा एकाध इसाईबाहेक सबै बुद्ध धर्मावलम्बी बसोबास गर्छन् ।