लेखा समितिको निर्देशनः विदेशी कम्पनीलाई कालोसूचीमा राख्नु, पार्किङ क्षेत्रलाई दुई महिनाभित्र नयाँ बोलपत्र गर्नु

आइतबार बसेको समितिको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई यथाशीघ्र बक्यौता उठाउन निर्देशन दिएको हो ।

काठमाडौं । लामो समयदेखि बन्द भएर बक्यौता रकम नतिर्ने विदेशी विमान कम्पनीहरुलाई कालोसूचीमा राख्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई यथाशीघ्र बक्यौता उठाउन निर्देशन दिएको हो ।

यसअघि बसेको बैठकले बक्यौता रकम उठाउन क्यानलाई निर्देशन दिएको थियो । तर, समितिको निर्देशन पालना नगरेको भन्दै सांसदहरु रुष्ट बनेका छन् । यस्तै बक्यौता रकम उठाउने प्रगति विवरण बुझाउन अनुरोध गरेको छ ।

विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई दुई महिनाभित्र नयाँ बोलपत्र आह्वान गरी प्रतिस्पर्धाबाट भाडामा लगाउन निर्देशन दिएको छ ।