स्थानीय तहमार्फत सञ्चालन हुंँदा स्वास्थ्य संस्थामा तहगत रुपमा नेपाल सरकारले निःशुल्क औषधि उपलब्ध गराउने बताउँदै आवश्यक पर्ने पर्याप्त औषधिको व्यवस्था रहेको नारायणपुर स्वास्थ्यचौकी इञ्चार्ज हिमाल सारु मगरले बताए ।
लम्की । स्थानीय तहमा स्वास्थ्य सेवा आएपछि स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा औषधि पर्याप्त पाउन थालिएको छ । संविधानमा आधारभूत स्वास्थ्य सेवा स्थानीय तहले दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार स्थानीय तहले स्वास्थ्य एकाइ, सहरी स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा आवश्यक औषधि, पूर्वाधार, जनशक्तिलगायत व्यवस्थापन आफैँ गर्न थालेको अनुगमनमा देखिएको छ ।
कैलालीका स्वास्थ्य संस्थामा औषधि पर्याप्त छ । टीकापुर नगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्रमा पनि आवश्यक औषधि पर्याप्त छ । स्थानीय तहमार्फत सञ्चालन हुंँदा स्वास्थ्य संस्थामा तहगत रुपमा नेपाल सरकारले निःशुल्क औषधि उपलब्ध गराउने बताउँदै आवश्यक पर्ने पर्याप्त औषधिको व्यवस्था रहेको नारायणपुर स्वास्थ्यचौकी इञ्चार्ज हिमाल सारु मगरले बताए । ‘‘विगतमा एउटा मात्रै औषधि सकिए पनि जिल्ला जनस्वास्थ्य कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । त्यही औषधि ल्याउन महिनाैं लाग्ने गरेको थियो’’, मगरले भने, ‘‘आज औषधि सकिए भोलि पुग्छ, नगरपालिकामा फोन गरेको एक घण्टामा औषधि कार्यालयमा पुग्छ । धेरै सहज भएको छ ।’’
स्थानीय तहमार्फत सञ्चालित स्वास्थ्यचौकीबाट सुरक्षित मातृत्व सेवा, पोषण वृद्धि कार्यक्रम, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोग निवारणका लागि डट्स कार्यक्रम, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा, प्रयोगशाला परीक्षणजस्ता कार्यक्रम सुरु गरिएका छन् । धनसिंहपुर स्वास्थ्यचौकीका इञ्चार्ज शकुन्तला रोकायाले औषधि पर्याप्त भएपछि बिरामीसमेत बढेको बताइन् । ‘‘विगतमा महिनामा चार सय जनासम्म बिरामी आउंँथे, हाल आठ सयसम्म पुग्न थालेका छन्’’ इञ्चार्ज रोकायाले भनिन्, ‘‘ पर्याप्त औषधि, ल्याब सेवा जस्ता कार्य सुरु भएपछि बिरामी बढेका हुन् ।’’
टीकापुर नगरपालिकाले नगरका नौ वटै वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिन थालेको छ । नगरपालिकाका दुई वडामा स्वास्थ्यचौकी, छ वडामा सहरी स्वास्थ्य केन्द्र र एक वडामा टीकापुर अस्पताल छन् । टीकापुर अस्पताल भने प्रदेश सरकारको मातहतमा र छ वडामा शहरी स्वास्थ्य केन्द्र र १ नं. वडामा टीकापुर अस्पताल छ । टीकापुर अस्पताल भने प्रदेश सरकारको मातहतमा छ । टीकापुर अस्पताल प्रदेश सरकारको मातहतमा भएपछि त्यहाँं भने लगानी र औषधि पर्याप्त पाउन सकिएको छैन । ‘‘प्रदेश सरकारले स्थानीय सरकारजसरी काम गरेको देखिँदैन, अस्पतालमा अतिआवश्यक औषधि अभाव छ ।’’ स्थानीय देवसरा ठकुल्लाले भने ‘‘अस्पतालको फार्मेसीमा बिरामीलाई दुखाइ कम गर्न आवश्यक सुईको समेत अभाव छ ।’’
जानकी गाउँंपालिकाका स्वास्थ्य शाखा संयोजक पदमसिंह परियारले पनि स्वास्थ्यचौकीका लागि आवश्यक औषधि पर्याप्त रहेको बताए । उनले गाउंँपालिकाले पनि वडावडामा स्वास्थ्य सेवाको पहुंँच पुर्याउने नीति लिएको बताए । ‘‘बिरामीलाई आवश्यक औषधि समयमै खरीद गर्छौंँ जसले सेवाग्राही खुसी छन् ।’’ टीकापुर नगरपालिकाका उपप्रमुख तथा अनुगमन संयोजक केशरी रावलको नेतृत्वमा गएको अनुगमन टोलीमा अक्कल माझी, जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावल, सहसंयोजक कमल रावल र टीकापुर क्षेत्रका पत्रकारको सहभागिता थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकोे तथ्याङ्क हेर्दा देशभर तीन हजार आठ सय स्वास्थ्यचौकी छन् । प्रदेश र सङ्घीय सरकारले सञ्चालन गरेका जिल्ला, क्षेत्रीय, अञ्चलस्तरीय र केन्द्रीय अस्पतालको व्यवस्थापन हेर्दा स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य संस्था सुधारतर्फ गइरहेको टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले बताइन् । ‘‘हामीले प्रदेश सरकार मातहत रहेको टीकापुर अस्पताललाई पनि सहयोग गरेका छौंँ’’, उपप्रमुख विष्टले भनिन् ‘‘टीकापुर अस्पतालमा बालरोग विशेषज्ञ डाक्टरको व्यवस्था, सुत्केरीलाई भत्ताका लागि रकम सहयोगजस्ता कार्यमा सघाएका छौंँ ।’’
संविधानले नागरिक स्वास्थ्यलाई मौलिक हकका रूपमा लिएको छ । स्थानीय तहमा सञ्चालित स्वास्थ्य संस्थामा ३५ प्रकारको औषधि पाइन्छ । स्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर आफूहरु औषधिभन्दा बढी जनचेतना जगाउने कार्यमा खटिएको बताउँछन् । ‘‘हामी नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउनुपर्छ भन्ने अभियानमा छौंँ ’’, संयोजक रावलले भने ‘‘त्यसकारण हामी स्वास्थ्य शिविर, सन्देशमूलक र चेतनामूलक कार्यक्रममा बढी जोड दिन्छौंँ ।’’ –दुर्गा देवकोटा/रासस