सवारी नियम उल्लङ्घन गर्नेहरुले अब अनलाइनमार्फत राजस्व तिर्न सक्ने

आउँदो साउन महिनदेखि लागु हुने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलो होस भन्ने उद्देश्यले अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेका जनाएको छ ।

काठमाडौं। ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरेबापतको राजस्व अनलाईनमार्फत तिर्ने व्यवस्था ल्याउने भएको छ । आउँदो साउन महिनदेखि लागु हुने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलो होस भन्ने उद्देश्यले अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेका जनाएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै नमूना राजधानी निर्माण गर्न समयसापेक्ष कानून, प्रविधिको प्रयोग, सडक सञ्जालको व्यवस्थित विस्तार, जनचेतना अभिवृद्धिमा महाशाखाले काम गर्ने महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बताए ।

महाशाखाले एक वर्षको अवधिमा विभिन्न कसुरमा ३ लाख ८४ हजार २०६ ओटा सवारी चालकलाई कारवाही गरिसकेको जनाएको छ ।