डेढ करोडभन्दा बढी रकम सङ्कलन

विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त भएको जग्गाको मूल्यसमेत जोड्दा एक करोड ७२ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ ।