चेक वाउन्स मुद्धामा मोडेल खुश्वु ओलीलाई जेल सजाय

गोपाल कटुवालले खुश्बु विरुद्ध ३६ लाख रुपैयाँको चेक बाउन्स गरेको भन्दै उजुरी गरेका थिए। गत साउन २९ गते उनीविरुद्ध मुद्दा परेको थियो। अदालतले ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।

काठमाडौँ। मोडल खुश्बु ओली चेक बाउन्स मुद्दा दोषी ठहर भएकी छिन। काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध परेको मुद्दामा मंगलबार उनी विरुद्धमा फसैला सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई दोषी ठहर गरेको हो ।

गोपाल कटुवालले खुश्बु विरुद्ध ३६ लाख रुपैयाँको चेक बाउन्स गरेको भन्दै उजुरी गरेका थिए। गत साउन २९ गते उनीविरुद्ध मुद्दा परेको थियो। अदालतले ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको छ ।

ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।