गोल्डस्टार जुत्ता माओवादी युद्धदेखि फेसन ट्रेण्डसम्म

अमीर राणाका बुवाद्वारा सन् १९९० मा स्थापित ब्रान्डले केही कमाएको छ भने त्यो हो, एउटा पारिवारिक व्यवसायको रुपमा सुरु गरिएको यो व्यवसाय अहिलेका केही वर्षमा राष्ट्रिय गौरव बन्ने लहरमा छ ।

नेपालमा चलेको एक दशक लामो सशस्त्र युद्धमा माओवादी लडाकुले आठ डलर (अहिलेको मूल्यमा करिब ८ सय) पर्ने गोल्डस्टार ट्रेनर जुत्ता लगाइदिएपछि त्यस्तै जुत्ता लगाउने सर्वसाधारणलाई पनि विद्रोहीको आरोप लगाएर जेल हाल्नु सामान्य मानिन्थ्यो ।
माओवादी लडाकुहरुको मन पर्ने जुत्ताका रुपमा लामो समयसम्म ‘बदनाम’ बनेको गोल्डस्टार स्निकर्सको अहिले तीव्र गतिमा फेसनको अङ्गका रुपमा पुनरुत्थान हुँदैछ । आज यो कलङ्क स्वदेशी उत्पादनमा गर्व गर्ने फेसनेबल नेपालीमाझ मेटिँदैछ र गोल्डस्टार ब्रान्डप्रति उपभोक्ताको लर्को बढ्दो छ । कम्पनीको आँकडाअनुसार सन् २०१७ मा गोल्डस्टारको बिक्री ३० प्रतिशतले बढेको छ ।
‘गोल्डस्टार लगाउनु अब एउटा आन्दोलनको पाटो बन्नु जस्तै हो । र, हरेक व्यक्ति यो आन्दोलनको हिस्सा बन्न चाहन्छ,’ नियमित सोसल मिडियामा पोस्ट गरिरहने गायिका समृद्धि राई भन्छिन् । १७ हजारभन्दा बढीको मृत्यु र हजाराँैं बेपत्ता भएसँगै सन् २००६ मा सङ्घर्ष समाप्त भएपछि उमेरसँगसँगै उपभोक्ताहरुको कैयौं नयाँ पिँढी आइसकेको छ । गोल्डस्टारले ग्रामीण क्षेत्रबाट राज्यका विरुद्ध त्रूmर हिंसात्मक आन्दोलन गर्ने माओवादी लडाकुहरुको खुट्टा छोप्ने आवरणका रुपमा प्रसिद्धि पायो ।

विद्रोहीहरुले सैनिक पोशाक र विशिष्ट गोल्डस्टार स्निकर्स लगाएर फुर्तिका साथ तीव्र गतिमा विकट पहाडी भेगमा सेनालाई झुक्काएर भाग्ने कलामा प्रसिद्धि कमाएका थिए । हालै काठमाण्डू किलर्स ब्यान्डलेसार्वजनिक गरेको एउटा गीत, ‘गोल्डस्टार जुत्ता, लडाकुको जुत्ता, सधैँ एक कदम अगाडि’ जसले यस युगमा ब्रान्डको विरासतलाई चिरस्थायी श्रेणीमा लैजान्छ ।

गोल्डस्टार जुत्ता बनाउने कम्पनी युनिभर्सल ग्रुपका प्रबन्ध निर्देशक अमीर राणाले एएफपीसँग भने, ‘उनीहरुले बाँच्ने आधार नै बन्द गर्ने कोसिस गरिरहेका थिए, जस्तै भोजन । सँगसँगै जुत्तामा पनि रोक लगाएका थिए ।’ जसरी द्वेषपूर्ण सङ्घर्ष चक्र्यो, ट्रेनर जुत्ता माओवादीको यस्तो पर्याय बन्यो मानौँ यो जुत्ता लगाउने जो कोही पनि आतङ्कवादी नै हो भन्ने सन्देह हुन्थ्यो । राणा भन्छन्, ‘सुरक्षाकर्मीहरुले उनीहरुको पहिचान यस्तो बनाएका थिए– यदि कुनै केटाले गोल्डस्टार जुत्ता लगाएको र पछाडि झोला बोकेको छ भने त्यो माओवादी हो ।’

एउटा लोकप्रिय ह्यासट्याग ‘नेपालमा बनेको’ आन्दोलनले स्वदेशी उत्पादनलाई सोसल मिडियाले लोकप्रिय बनाउन तथा युवा खरिदकर्तामाझ पु¥याउन मद्दत ग¥यो । जहाँ उनीहरुको सामानले एउटा नयाँ अपिल प्राप्त गर्न सक्छ ।

सन् २००६ मा शान्ति सम्झौतामार्फत युद्ध समाप्त भयो र विद्रोहीहरुलाई सरकारमा सामेल गरियो । लगत्तै चुनावपछि माओवादी नेता पुष्पकमल दाहाल गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बने । तर, अहिले धेरैले गोल्डस्टार किन्छन् र यी जुत्तालाई अतीतको भयावह घटनासँग जोड्दैनन् । राणाका बुवाद्वारा सन् १९९० मा स्थापित ब्रान्डले केही कमाएको छ भने त्यो हो, एउटा पारिवारिक व्यवसायको रुपमा सुरु गरिएको यो व्यवसाय अहिलेका केही वर्षमा राष्ट्रिय गौरव बन्ने लहरमा छ ।

एकअर्कामा होडबाजी गर्ने आर्थिक तथा कूटनीतिक प्रभावका दुई एसियाली महाशक्तिका बीच चेपिएको नेपालमा ती दुवै देशका उत्पादनहरुको बाढी नै छ । ‘हामीकहाँ आउने अधिकांश सामान भारतका अथवा चीनमा बनेका हुन्छन्,’ खुट्टामा गोल्डस्टार जुत्ता लगाएका काठमाडौंका श्रेयस तामाङले साथीहरुसँग चिया खाँदै भने, ‘त्यसैले म गोल्डस्टार जुत्ता नै लगाउँछु किनकि यो नेपालमै बन्छ ।’

‘गोल्डस्टारको मजा ‘एक जोर फन्की जुत्ता’ लगाउनुभन्दा बढी छ’, गायिका राई भन्छिन्, ‘यो एउटा विज्ञापन जस्तो पनि होः जस्तो कि म नेपाली उत्पादन, नेपाली उद्योग र आफू नेपाली हुनुको भावना समाहित भएको चिजको समर्थन गर्छु ।’

डेलीमेल अनलाइनमा प्रकाशित एएफपीको रिपोर्टको अनौपचारिक अनुवाद
तस्बिर :एएफपी