जनकपुरधाम– ८ स्थित विहारकुण्डमा डैकत गर्न ८ जनाको समूहमा आएका डाँकाहरुसँग मुठभेडभएपछि प्रहरीले गोली चलाउँदा एकजना डाँका घाइते भएको प्रहरीले जनाएको छ । घाइतेसहित सबै डाँका पक्राउ परेका छन् ।
धनुषा । जनकपुरधाममा बुधबार बिहानै भारतबाट लुटपाट गर्न आएका डाँकाहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।जनकपुरधाम– ८ स्थित विहारकुण्डमा डैकत गर्न ८ जनाको समूहमा आएका डाँकाहरुसँग मुठभेडभएपछि प्रहरीले गोली चलाउँदा एकजना डाँका घाइते भएको प्रहरीले जनाएको छ । घाइतेसहित सबै डाँका पक्राउ परेका छन् ।
पक्राउ परेका डाँकाहरुको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते डाँकाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिए ।
डाँकाहरु भारत बिहारस्थित समस्तीपुरका भएको र विहारकुण्डका लुटपाट गर्ने उदेश्यले डाँकाहरु आएको हुन सक्ने प्रहरीको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार डाँकाहरुले दिउँसो होटलमा बसेर लुटपाटको योजना बनाएका थिए ।