भारतबाट आँप बोकेर आएको ट्रक त्रिशूलीमा खस्यो, चालक र सहचालक घाइते

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चितवन । भारतबाट फलफूल बोकेर काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको मिनि ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौं आउँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आँप बोकेर काठमाडौं आउँदै गरेको मिनीट्रक शुक्रबार बिहान बरिब २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।