चोरी गर्न आएका चोरले राजविराज –७ स्थित बजारमा राखिएको सीसी क्यामेरामा कालो रुमालले बाँधी पाँच पसलबाट चोरी गरेको ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले जानकारी दिए ।
सप्तरी । सप्तरीको राजविराजमा रहेको ग्लोबल कृषि सहकारी हाटबजारमा बिहीबार चोरी भएको छ । चोरी गर्न आएका चोरले राजविराज –७ स्थित बजारमा राखिएको सीसी क्यामेरामा कालो रुमालले बाँधी पाँच पसलबाट चोरी गरेको ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले जानकारी दिए ।
चोरले दृष्टि चामल पसलबाट २५ हजार, गुलशन खातुनको किराना पसलबाट ५० हजार, रोशनी कस्मेटिक पसलबाट ८ हजार नगदसहित २५ हजार रुपैयाँ बराबरको सामान, राजाराम यादवको फोटोकपी पसलबाट ल्यापटपसहित ६० हजार र सम्झना भुजेलको कस्मेटिक पसलबाट १० हजार नगदसहित २५ हजार रुपैयाँको सामान चोरेर भागेको संस्थाका अध्यक्ष यादवले बताए ।
मध्यराति हावाहुरी चलेपछि बत्ती गएको मौका छोपी आएका चोरले सिसी क्यामेरामा समेत कालो रुमालले बाँधी चोरी गरेको दृष्टि चामल पसलकी सञ्चालिका सरिता झाले बताए । पीडितले संयुक्तरूपमा जिल्ला प्रहरी कार्यालय, सप्तरीमा बिहीबार उजुरी दिएका छन् । रासस