त्रिवि अन्तराष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा नक्कली भारतीय रुपैयाँ बरामद, युनुस अन्सारीसहित ४ पक्राउ

उनीहरुको साथबाट दुई वटा व्रिफ केशमा नोट बरामद गरिएको छ । उक्त व्रिफकेसमा कति नोट छ भन्ने कुरा गन्ने कार्य भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । प्रहरीले युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जनालाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई ओटा व्रिफ केशमा भारतीय नक्कली नोट बरामद भएको छ । उक्त व्रिफकेसमा कति नोट छ भन्ने कुरा गन्ने कार्य भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए ।

उनका अनुसार कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका र उनीहरुलाई रिसिभ गर्न गएका नसरुद्दिनसहित चारै जनालाई नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यसअघि पनि युनुस अन्सारीलाई नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबारको आरोपमा प्रहरीको विशेष ब्युरोले २०७० साल माघ महिनामा पक्राउ गरेको थियो ।