सङ्घीय सरकारसँग स्थानीय तहका माग

जिल्लाका सात स्थानीय तहले थुप्रै योजनाका लागि बजेट उपलब्ध गराउन राखेर केन्द्र सरकारलाई अनुरोध गरी पठाएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए ।

जाजरकोट । जिल्लाका स्थानीय तहहरूले केन्द्र सरकारसँग थुप्रै योजनाका माग गरेका छन् । जिल्लाका सात स्थानीय तहले थुप्रै योजनाका लागि बजेट उपलब्ध गराउन राखेर केन्द्र सरकारलाई अनुरोध गरी पठाएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए ।

छेडागाड, नलगाड र भेरी नगरपालिका तथा कुशे, जुनिचाँदे बारेकोट र शिवालय गाउँपालिकाले आ–आफ्ना क्षेत्रको खानेपानी, तामा तथा फलाम खानी सञ्चालन, सडक तथा सुरुङ मार्ग निर्माण, विमानस्थल निर्माण र उद्योग सञ्चालन सिँचाइलगायत योजना प्रस्तुत भएका उनको भनाइ थियो ।

नेपाल सरकारको आगामी आव २०७६/७७ का लागि बन्ने नीति तथा कार्यक्रममा ती विकासका योजनाहरु समावेश गराउन उक्त समितिमार्फत सङ्घीय सरकारसँग माग गरिएको हो । रासस