२४ सै घण्टा विद्युत खपत गरेका उद्योगले मात्रै अतिरित्त महशुल तिर्नुपर्छः कुलमान

उनका अनुसार अहिलेको विवाद भनेको स्वीकृति नलिइ २४ सै घण्टा विद्युतु उपभोग गरिरहेका उद्योगीलाई प्राधिकरणले ६५ प्रतिशत बढी महशुल तिर्न पत्राचार गरेपछि सिर्जना भएको हो । तर, अहिले उद्योगीले आफूहरु लोडसेडिङमा बसेको भन्दै प्राधिकरणमा समेत गुनासो गरेको बताए । लोडसेडिङ हुँदा लोडसेडिङ भित्र बसेका उद्योगले अतिरित्त महशुल तिर्न नपर्ने समेत प्रस्ट पारे ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २४ सै घण्टा विद्युत् खपत गर्ने उद्योगले मात्रै अतिरित्त महशुल तिर्नुपर्ने बताएका छन् ।

‘देशमा चरम लोडसेडिङ भइरहेका बेला जुन जुन उद्योगीले २४ सै घण्टा विजुली उपभोग गरेको छ, ती उद्योगीले अतिरित्त शुल्क तिर्नुपर्छ,’ घिसिङले भने, ‘लोडसेडिङमा बसेका उद्योगीले त्यो शुल्क तिर्न पर्दैन ।’

उनका अनुसार जुन जुन उद्योगलाई अतिरित्त महशुल तिर्नुपर्छ भनेर पत्र काटेका छौं, ती सबै उद्योगले अतिरित्त शुल्क तिर्न पर्दैन । तर, २४ सै घण्टा विद्युत् उपभोग गर्ने बिल तिर्ने बेलामा आनकानी गर्नेलाई प्राधिकरणले नछोड्ने बताए ।

प्राधिकरणले विगत तिर्न वर्षदेखि विद्युत् महशुल उठाउन नसकेको भन्ने गलत प्रचार भएको भन्दै घिसिङले भने ‘प्राधिकरणले रेगुलर विल गरिरहेको छ, उद्योगीले पनि नियमित रुपमै भुक्तानी गरिरहेका छन्, अहिलेसम्म कुनै उद्योगीको पनि एक रुपैयाँ बक्यौता बाँकी नरहेको उनले प्रस्ट्याए ।