नेपाल बन्दको असर उपत्यकामा आंशिक, लामो दूरीका सवारीसाधन र शैक्षिक संस्था पूर्णरुपमा प्रभावित

आइतबार साँझ ४ जनाको ज्यान जानेगरी उपत्यकामा श्रृखलाबद्ध विस्फोट भएकाले त्रासका कारण सावरी साधन तथा शैक्षिक संस्था निर्वाध रुपमा चल्न नसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौं । नेत्र विक्रम चन्द ‘बिप्लव’ समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य देखिएको छ । देशका विभिन्न जिल्लामा भने उपत्यकाको तुलनामा बढी प्रभाव परेको छ ।

बन्दक कारण उपत्यकामा कमै सवारी साधन चलेका छन् भने शैक्षिक संस्थाहरु पनि बन्द भएका छन् । आइतबार साँझ ४ जनाको ज्यान जानेगरी उपत्यकामा श्रृखलाबद्ध विस्फोट भएकाले त्रासका कारण सावरी साधन तथा शैक्षिक संस्था निर्वाध रुपमा चल्न नसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार जिल्ला बाहिरका सवारी साधनहरु न्युन रुपमा चलेका छन् । उपल्यकाबाट बहिरिने र जिल्लाबाट बाहिरिने लामो दूरीका सार्वजनिक यातायात पूर्ण रुपमा बन्द भएका छन् भने छोटो दूरीका सवारी साधनहरुभने फट्टफुट् चलेका छन् ।
यद्यपी रात्रीकालीन सवारी साधनलाई भने स्कटिङमार्फत गन्तब्यमा पुर्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोलीबाट भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको मृत्यु भएको विरोधमा सरकारद्वारा प्रतिबन्धित बिप्लव समूहले सोमबार नेपाल बन्दको आह्वान गरेको हो ।