अनुदान तेह्र अर्ब, ऋण त्रियानब्बे अर्ब

सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अघिल्लो आवको सोही अवधिमा एक खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको थियो । पछिल्ला वर्षहरुमा नेपाललाई प्राप्त हुने वैदेशिक सहयोगको अंश क्रमशः घट्दै गएको छ ।     

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम आठ महिनामा १३ अर्ब ४९ करोड अनुदान र ९३ अर्ब ६९ करोड रूपैयाँ ऋण गरी एक खर्ब सात अर्ब १८ करोड रूपैयाँबराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।

सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अघिल्लो आवको सोही अवधिमा एक खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको थियो । पछिल्ला वर्षहरुमा नेपाललाई प्राप्त हुने वैदेशिक सहयोगको अंश क्रमशः घट्दै गएको छ ।

चालू आवको सोही अवधिमा अनुदान र ऋण गरी ५० अर्ब ८४ करोड रूपैयाँबराबरको वैदेशिक सहायता उपयोग भएको छ । अघिल्लो आवको सोही अवधिमा अनुदान र ऋण गरी एक खर्ब ३१ अर्ब ५५ करोडबराबरको वैदेशिक सहायता उपयोग भएको थियो ।

कुल वैदेशिक सहायता उपयोगमा बहुपक्षीय सहयोगको अनुपात उच्च छ । बजेट संयन्त्रबाट वैदेशिक सहयोग परिचालन भइरहेको छ ।    रासस