खुम्बू चीन सरकारले निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। खुम्बूलाई उपचारका लागि खाँदबारी लैजाने क्रममा क्रममा भोटखोला गाउँपालिका–१ मा आइपुग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खाँदबारी । सङ्खुवासभा–सीमावर्ती चीनको देन्दाङ शहरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बू रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
खुम्बू चीन सरकारले निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। खुम्बूलाई उपचारका लागि खाँदबारी लैजाने क्रममा क्रममा भोटखोला गाउँपालिका–१ मा आइपुग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुम्बूको शवपरीक्षणका लागि हेलिकोप्टरबाट सोमबार जिल्ला अस्पताल खाँदबारी लगिएको छ । उनको मृत्यु शङ्कास्पद भएको भन्दै निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने परिवारको भनाइ छ । खुम्बूको शरीरमा चोटपटक र नीलडाम देखिएकाले मृत्यु शङ्कास्पद भएको परिवारले जनाएको छ ।