नेपाली बिग बोस निर्माता आईम्याक्स प्रोडक्सनलाई कानुनी चेतावनी

विश्वभर बिग ब्रदरकोे अधिकार एन्डेमोल शाइन ग्रुपसँग रहेको र उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सूत्र मोड्लिङ तथा आर्ट क्रिएसन प्रालिाई प्रदान गरिएको छैन ।

काठमाडौं । भारतको एक प्रोडक्सन हाउस एन्डेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक लगाउँदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीका नाममा सूचना जारी गरेको छ । विश्वभर बिग ब्रदरकोे अधिकार एन्डेमोल शाइन ग्रुपसँग रहेको र उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सूत्र मोड्लिङ तथा आर्ट क्रिएसन प्रालिाई प्रदान गरिएको छैन । बिग बोस भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस ‘आखाँ’ एन्डेमोल शाइन इन्डियाको ट्रेडमार्क भएको बताइएको छ ।

आईम्याक्स प्रोडक्सनले १८ अप्रिल २०१९ मा प्रेस इभेन्ट गरेर एन्डेमोल शाइन ग्रुपसँग सहकार्य गरेको झुटो घोषण गरेपछि चेतावनी दिएको हो ।

एन्डेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सन वा सूत्र मोड्लिङ तथा आर्ट क्रिएसन प्रालि र आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीसँग सहकार्यको खबरलाई गलत भएको भन्दै कम्पनीले बिग बोस तथा बिग ब्रदरको कपीराइट आईम्याक्स प्रोडक्सन वा सूत्र मोड्लिङ तथा आर्ट क्रिएसनलाई लाइसेन्स प्रदान नगरेको दाबी गरेको छ ।

एन्डेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सनलाई क्षमायाचना माग्न र बिग बोस वा बिग ब्रदरका ढाँचाबारे कुनै कथन नबनाउनसमेत चेतावनी दिएको छ ।