किसानलाई अनुदान रकम वितरण

गाई तथा भैँसी पालनतर्फ छनोटमा परेका छ जनालाई ५० हजारका दरले, मासु पसल सुधारका लागि तीन जनालाई ४२ हजार २५०, बङ्गुर पालनका लागि पाँच जनालाई २० हजार र बाख्रापालनका लागि छ जनालाई २० हजार रूपैयाँका दरले अनुदान रकम वितरण गरिएको छ ।

कञ्चनपुर । कृष्णपुर नगरपालिकाको पशु सेवा शाखाले आव ०७५/७६ को व्यवसायिक फर्म प्रवर्द्धन कार्यक्रमअन्तर्गत व्यावसायिक किसानलाई अनुदान रकम वितरण गरेको छ ।

गाई, भैँसी, बाख्रा, बङ्गुरको व्यावसायिक पालनमा लागेका र मासु पसल सुधारका लागि पसल सञ्चालन गरेकालाई अनुदान रकम वितरण गरिएको हो ।

निर्धारित मापदण्डबमोजिम निवेदन दिई छनोट भएका व्यावसायिक किसानलाई अनुदान रकम वितरण गरिएको नगर प्रमुख कर्णबहादुर हमालले बताए ।

उनका अनुसार गाई तथा भैँसी पालनतर्फ छनोटमा परेका छ जनालाई ५० हजारका दरले, मासु पसल सुधारका लागि तीन जनालाई ४२ हजार २५०, बङ्गुर पालनका लागि पाँच जनालाई २० हजार र बाख्रापालनका लागि छ जनालाई २० हजार रूपैयाँका दरले अनुदान रकम वितरण गरिएको छ ।    रासस