१२ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै, दिवसका अवसरमा ४३४ कैदीको सजाय माफ

दिवसकै अवसरमा नारायणहिटी परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारकको पनि बुधबार नै समुद्घाटन गरिने कार्यक्रम रहेको छ । गणतन्त्र दिवसकै अवसरमा देशका विभिन्न जेलमा सजाय काटीरहेका ४३४ कैदीको सजाय माफी दिइएको छ ।

काठमाडौं । १२ औँ गणतन्त्र दिवस बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । गणतन्त्र दिवस मूलसमारोह समितिले बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजन गरेको छ । दिवसकै अवसरमा नारायणहिटी परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारकको पनि बुधबार नै समुद्घाटन गरिने कार्यक्रम रहेको छ ।

गणतन्त्र दिवसकै अवसरमा देशका विभिन्न जेलमा सजाय काटीरहेका ४३४ कैदीको सजाय माफी दिइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसर पारेर असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीलाई सजाय माफी दिएकी हुन् ।

नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुलाई राष्ट्र प्रमुखले माफी दिने परम्परा अनुसार राष्ट्रपति भण्डारीले उनीहरुको सजाय माफी दिएकी हुन् ।