न्यायाधीश ओमकार उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने

मंगलबार बसेको न्यायपरिषद् बैठकले उपाध्यायले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको निष्कर्ष निकाल्दै मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

काठमाडौं । न्यायपरिषद्ले जिल्ला न्यायाधीश ओमकार उपाध्याय विरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्यायपरिषद् बैठकले उपाध्यायले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको निष्कर्ष निकाल्दै मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

न्यायपरिषद्ले तोकेको अनुसन्धान अधिकृतले आरोपपत्र तयार गरी विशेष अदालतमा पेश गर्नेछ । न्यायपरिषद्को सोमबार बसेको बैठकले पनि भीएलएनको ठगी मुद्दा लगायतका विवादास्पद आदेशमा मुछिएका अर्का न्यायाधीश विश्वमंगल आत्रेयलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

उनी घुसकाण्डका आरोपीले बयानका क्रममा नाम लिएका बाबुकाजी बानियालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ।