सरकारले सिमेन्टमा १०० प्रतिशत अन्तशुल्क बढाउँदै, उपभोक्ता मारमा

आगामी आर्थिक वर्षको बजेटलाई स्रोत जुटाउन अर्थमन्त्री डा. युवराज खतिवडाले सिमेन्टको अन्तशुल्क १०० प्रतिशत बढाउने तयारी गरेको मन्त्रालयल स्रोतले बतायो । सिमेन्टमा अन्तशुल्क बढाउँदा सरकारलाई थप ४ अर्ब राजश्व संकलन हुनेछ ।

काठमाडौं । सरकारले सिमेन्टको मूल्य घटेको मौका छोपी १०० प्रतिशत अन्तशुल्क बढाउने भएको छ । सरकारले प्रतिबोरा थप १० रुपैयाँ अन्तशुल्क लगाउने भएको हो ।

सरकारले सिमेन्टमा प्रतिबोरा १० रुपैयाँ अन्तशुल्क लिँदै आएकोमा १०० प्रतिशत बढेर २० रुपैयाँ पुग्नेछ ।आगामी आर्थिक वर्षको बजेटलाई स्रोत जुटाउन अर्थमन्त्री डा. युवराज खतिवडाले सिमेन्टको अन्तशुल्क १०० प्रतिशत बढाउने तयारी गरेको मन्त्रालयल स्रोतले बतायो ।

सिमेन्टमा अन्तशुल्क बढाउँदा सरकारलाई थप ४ अर्ब राजस्व संकलन हुने छ भने त्यसको मारमा उपभोक्ता पर्ने छन् । उद्योगीलाई अन्तशुल्कले प्रभाव पार्ने छैन । सिमेन्टको मूल्य बढ्ने छ । सिमेन्टमा मुलुक आत्मनिर्भर भइसकेको छ । सिमेन्टको बजार मूल्य घटेर पीपीसीको प्रतिबोरा ६०० र ओपीसीको ८०० रुपैयाँ छ ।