आर्थिक वृद्धि ८.५ प्रतिशत

आर्थिक तथा सामाजिक पूर्वाधारको निर्माण, पुनर्निर्माण र नव निर्माण कार्यमा तीव्रता आई कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार हुने छ ।

काठमाडौं । आर्थिक वर्षमा सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा ८ प्रतिशत लक्ष्य रहेकोमा आगामी वर्ष ०.५ प्रतिशत मात्र आर्थिक वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ ।

आर्थिक तथा सामाजिक पूर्वाधारको निर्माण, पुनर्निर्माण र नव निर्माण कार्यमा तीव्रता आई कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार मार्फत आगामी आर्थिक वर्षमा ८.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको अर्थमन्त्री खतिवडाले बताए ।

यस्तै कृषि तथा वन व्यवसाय, निजी क्षेत्रमा औद्योगिक तथा व्यवसायिक लगानी विस्तार, पर्यटन, वित्तीय सेवामा पहुँच वृद्धि तथा सार्वजनिक निर्माण लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रमहरुको सञ्चालनबाट ५ लाख रोजगारी सिर्जना हुने अनुमान गरिएको उनले सुनाए ।