नगरपालिकामा घरजग्गाको पुँजीगत लाभकर घट्यो

अर्थमन्त्री डा. युवराज खतिवडाले महानगरपालिका र उपमहानगरपालिकाभित्रको घरजग्गा कारोबारमा १० प्रतिशत र अन्यत्र ५ प्रतिशत मात्र घटेको जानकारी दिए ।

काठमाडौं । सरकारले घरजग्गामा लगाउँदै आएको पुँजीगत लाभकरको दर घटाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले महानगरपालिका र उपमहानगरपालिकाभित्रको घरजग्गा कारोबारमा १० प्रतिशत र अन्यत्र ५ प्रतिशत मात्र घटेको जानकारी दिए ।

घरजग्गा कारोबार गर्दा १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ। पुँजीगत लाभकरको दर घटाइएको भए पनि यसबाट महानगर र उपमहानगरपालिकामा रहेका घरजग्गा विकास कम्पनीले यो लाभ पाउने छैनन्।