बजेटमा कुन वस्तुको मूल्य कति बढ्यो कति घट्यो ?

आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटमा केही वस्तु भन्सार दर बढेको छ, भने केही बस्तुको भन्सार दर भने घटाइएको छ । त्यस्ता वस्तुका भन्सार दर घट्दा र कम हुँदा वस्तुको मुल्यमा उतारचढाव भएको छ ।

काठमाडौं । आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटमा केही वस्तु भन्सार दर बढेको छ, भने केही बस्तुको भन्सार दर भने घटाइएको छ । त्यस्ता वस्तुका भन्सार दर घट्दा र कम हुँदा वस्तुको मुल्यमा उतारचढाव भएको छ । स्वदेशमा उत्पादित केही वस्तुको समेत मुल्य बढेको छ ।

विलासीताका वस्तुको आयातमा भन्सार र अन्तशुल्क कर बढाइएको छ । पैठारी र निर्यातयोग्य वस्तुको भन्सार दर भने घटेको छ । खासगरी कपडा, धागो, चिया, आधारभूत औषधी, सेनेटरी प्याड, फिड सप्लिमेन्ट निर्यातमा लाग्ने भन्सार दर भने घटेको छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगले उपयोग गर्ने विद्युत्त महसुलमा ५० प्रतिशत छुट हुने छ । त्यस्तै, स्थानीय तहलाई एम्बुलेन्समा कर र जल यातायात साधन आयातमा भन्सार दर घटाइएको छ । त्यस्तै, मदिरा, चुरोट, बियर लगायतका पेय पदार्थको अन्तः शुल्क बढाइएको छ ।

चिया, कफी, दुग्ध पदार्थ, ध्यु, कुखुराको मासु, केराउ, बदाम, आलु, चिप्स, विस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनिरल वाटर, चिनि तथा सक्खर, चक्लेट, चुइगम, पास्ता,जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाल लगायतका वस्तुको आयात भन्सार दर बढेको छ । त्यस्तै इन्धनको एक रुपैयाँ कर बढेको छ ।