धुम्रपानजन्य वस्तुको आयातमा पनि अन्तः शुल्क कर लगाइएको छ । जस्का कारण त्यस्ता वस्तुको मूल्य बढेको छ । सुर्तीजन्य वस्तुको मूल्यमा प्रतिकिलोग्राम ९५ रुपैयाँ मूल्य वृद्धि भएको छ । सुर्ती, सिगार, चुरोट र सानो सिगारमा प्रतिकिलोग्राम १७ रुपैयाँ अन्तः शुल्क वृद्धि भएको छ ।
काठमाडौं । आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटले मदिरा तथा सुर्तिजन्य वस्तुमा कर बढाएको छ । बिहीबारदेखि मदिरा र सुर्तिसेवन गर्नेले बढी मूल्य तिर्नुपर्ने छ । नेपालमा मदिरा तथा सुर्तिजन्य अधिकांश बस्तुहरु स्वदेशमा उत्पादनका अतिरिक्त विदेशबाट पनि ठूलो परिमाणमा आयात हुने गरेको छ । त्यस्ता बस्तुको भन्सार र अन्तः शुल्क कर बढेपछि मदिरा बिक्रि मूल्य बढेको हो ।
अल्कोहल रहित वियरको मूल्यमा प्रतिलिटर १७ रुपैयाँ अन्तःशुल्क करको भार थपिएको छ । इनर्जी ड्रिक्समा प्रतिलिटर ३० रुपैयाँ, जौँबाट बनेको वियरमा प्रतिलिटर १६५ रुपैयाँ कर थपिएको छ । त्यस्तैगरी, १२ प्रतिशत अल्कोहल भएका वाइनहरुको पैठारीमा प्रतिलिटर ३७० रुपैयाँ अन्तः शुल्क कर लाग्ने भएको छ ।
१७ प्रतिशतभन्दा बढी अल्कोहल भएका वाइनको पैठारीमा ४३० रुपैयाँ कर वृद्धि भएको छ । स्वदेशमा उत्पादित फलफूल र तीनको सारबाट बनेका १२ प्रतिशतसम्म अल्कोहल भएका स्वदेशी वाइनमा प्रतिलिटर १३५ रुपैयाँ कर थपिएको छ । छ्याङ (कन्ट्री वियर) को प्रतिलिटरमा ३५ रुपैँया मूल्य बढेको छ ।
सेम्पेन, सेरी, मिड, पेरी र विदेशमा उत्पादित साइडरको प्रतिलिटरमा ४३० रुपैयाँ मूल्य अभिवृद्धि भएको छ । स्वदेशमा उत्पादित साइडरमा भने प्रतिलिटर १८० रुपैयाँ मूल्य बढेको छ । अन्य साइडरको मूल्य पनि प्रतिलिटर ४३० रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, ८० प्रतिशत घनत्व भएका अल्कोहल शक्ति वा क्षमता भएका अन्डिनेचर्ड इथाइल अल्कोहल प्रतिलिटरमा ६० रुपैयाँ मूल्य अभिवृद्धि भएको छ ।
वाइन तथा ब्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोग हुने पदार्थका मादक पदार्थको प्रतिलिटर मुल्यमा १६५ रुपैयाँ थपिएको छ । १५ युपी शक्तिको (४८.५ प्रतिशत अल्कोहल शक्ति भएका) वस्तुको मूल्यमा प्रतिलिटर १ हजार ३२५ रुपैयाँ मूल्य वृद्धि भएको छ ।
तयारी मदिराजन्य वस्तुको मूल्यमा प्रतिलिटर १ हजार ५६० रुपैयाँ मूल्य बढेको छ । ह्विस्किका लागि प्रयोग हुने कच्चा पदार्थका मुल्यमा प्रतिलिटर १६५ रुपैयाँ अन्तशुल्क कर थपिएको छ । उखु कुहाएर बनाइएको रम र अन्य स्प्रिट प्रतिलिटर १६५ रुपैयाँ मूल्य अभिवृद्धि भएको छ ।
आयातित मदिरामा हकमा भने अल्कोहलको मात्रामा एक प्रतिशतसम्म फरक भएमा सोही दरबन्दी लाग्ने आर्थिक विधेयकमा उल्लेख छ । एक प्रतिशतभन्दा बढी फरक भएमा नजिकको उच्चदरको दरबन्दीअनुसार अन्तः शुल्क लगाई असुल उपर गरिने विधेयकमा भनिएको छ ।
जीन र जेनेभाको कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रबहरुको मूल्यमा पनि कर लागेको छ । त्यस्ता मादक पदार्थको मूल्यमा १६५ रुपैयाँ प्रतिलिटरका दरले कर थपिएको छ । तयारी मादक पदार्थको मूल्यमा क्रमशः १ हजार ५६०, १ हजार ३१५ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, भोड्काको कच्चा पदार्थको रुपमा प्रयोग मादक द्रबहरुको मूल्य प्रतिलिटर १६५ रुपैयाँ अभिवृद्धि भएको छ ।
१५ र ३० युपी शक्ति क्षमता भएका अल्कोहल भोड्काको मूल्य क्रमशः प्रतिलिटर १ हजार ३२५, ९२० रुपैयाँ मूल्य अभिवृद्धि भएको छ । त्यस्तै, १५ र ३० यूपी अल्कोहल क्षमता भएका तयारी भोड्का मदिराको मूल्य प्रतिएलपी क्रमशः १ हजार ५६०, १ हजार ३५० रुपैँया मूल्य बढेको छ ।
आयातित मदिरामा हकमा भने अल्कोहलको मात्रामा एक प्रतिशतसम्म फरक भएमा सोही दरबन्दी लाग्ने आर्थिक विधेयकमा उल्लेख छ । एक प्रतिशतभन्दा बढी फरक भएमा नजिकको उच्चदरको दरबन्दीअनुसार अन्तः शुल्क लगाई असुल उपर गरिने विधेयकमा भनिएको छ ।
यता, धुम्रपानजन्य वस्तुको आयातमा पनि अन्तः शुल्क कर लगाइएको छ । जस्का कारण त्यस्ता वस्तुको मूल्य बढेको छ । सुर्तीजन्य वस्तुको मूल्यमा प्रतिकिलोग्राम ९५ रुपैयाँ मूल्य वृद्धि भएको छ । सुर्ती, सिगार, चुरोट र सानो सिगारमा प्रतिकिलोग्राम १७ रुपैयाँ अन्तः शुल्क वृद्धि भएको छ ।
फिल्टर नभएको चुरोटमा प्रति एम ४९५ रुपैयाँ वृद्धि भएको छ । फिल्टर भएको ७० मिमि लम्बाइ भएको चुरोटको प्रतिएम ११३५ रुपैयाँ वृद्धि भएको छ । ८५ मिमि भन्दा बढि लम्बाइ भएको चुरोटको प्रतिएम मूल्य २७१५ रुपैयाँ अन्तः शुल्क कर थपिएको छ ।
त्यस्तै, तयारी बिडी प्रतिएम मुल्य ९० रुपैयाँ बढेको छ । सबै प्रकारका चुरोट(सिगार) को मूल्यमा प्रतिखिल्ली १७ रुपैयाँ मूल्य बढेको छ । पाइप टोबाको प्रतिकिलोग्राम १ हजार ३३५ रुपैयाँ मूल्य वृद्धि भएको छ । चुरोट र विडीका लागि प्रशोधित सुर्तीमा प्रतिकिग्रा मूल्य २७५ रुपैयाँ अन्तः शुल्क कर लगाइएको छ ।