जेठ २३ गते ईदको बिदा

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको बताएका हुन् ।

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको बताएका हुन् ।

मुस्लिम धर्मावलम्बी सम्बद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गरिरहेका थिए ।