टेलिकमले माेबाइल सेवा नवीकरण बापतको दस्तुर पाँच किस्तामा भुक्तानी गर्नुपर्ने, हेर्नुस् मन्त्रिपरिषदकाे निर्णय

मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले प्रथम किस्ताको दूरसञ्चार (मोबाइल सेवा) अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न समेत निर्देशन दिएको छ ।

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी दोस्रो नवीकरण बापतको नवीकरण दस्तुर २० अर्ब रुपैयाँमध्ये बुझाउन बाँकी नवीकरण दस्तुरलाई पाँच किस्तामा विभाजन गरी भुक्तानी गर्नुपर्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार टेलिकमले प्रथम किस्ताको (मोबाइल सेवा) अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न समेत निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कम्पनीले तत्काल सेवाशुल्क बापतको नवीकरण दस्तुर भुक्तानी गर्न सहज वातावरण बनाइदिएको बताए ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरुः