सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरी विदेश उड्न लागेका कामदारलाई नाम र थर अगाडिपछाडि भएको भन्दै बोडिङ पास नदिएर विमानस्थलबाट पटकपटक फर्काउन थालेपछि सङ्घले हिमालयन एयरलाइन्सको विकल्प खोज्न आफ्ना सदस्यलाई मौखिक आग्रह गरेको हो ।
हिमालय एयरलाइन्सले कतार जाने कामदारको भिसामा नाम र थर अगाडिपछाडि भएको भन्दै पटकपटक विमानस्थलबाट फर्काउन थालेपछि वैदेशिक रोजगार व्यवसायी सङ्घले हिमालय एयरलाइन्सको टिकट नलिन आफ्ना सदस्यलाई आग्रह गरेको छ ।
सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरी विदेश उड्न लागेका कामदारलाई नाम र थर अगाडिपछाडि भएको भन्दै बोडिङ पास नदिएर विमानस्थलबाट पटकपटक फर्काउन थालेपछि सङ्घले हिमालयन एयरलाइन्सको विकल्प खोज्न आफ्ना सदस्यलाई मौखिक आग्रह गरेको हो ।
एक महिनाअघि तोपबहादुर खड्का र सोवित परियारलाई हिमालय एयरलाइन्सले भिसामा नाम र थर अघिपछि परेको भन्दै विमानस्थलबाट फर्काएको थियो । पुनः एक साताअघि नागिन ओभरसिजबाट कतार जानका लागेका झापाका सञ्जय कावर र पाँचथरका डिकबहादुर थापालाई पनि नाम र थर अघिपछि भएको भन्दै फर्काएपछि सङ्घले कामदारका लागि हिमालयन एयरलाइन्सको टिकट लिने बेला विचार पु¥याउन भनेको हो ।
एक महिनाअघि भिसामा नाम र थर अघिपछि परेको भन्दै विमानस्थलबाट फर्काएको हिमालय एयरलाइन्सले पुनः त्यसैगरी अर्काे कामदारलाई पनि फर्काएपछि हामीले हिमालय एयरलाइन्सको विकल्प खोजेको सङ्घका अध्यक्ष रोहन गुरुङले बताए । ‘एक महिनाअघि कामदार फर्केपछि एयरलाइन्स कम्पनीसँग कुरा गर्दा अब त्यस्तो नगर्ने बताए पनि पुनः दुख दिने काम भएकाले अब सङ्घमा हिमालय एयरलाइन्सको टिकट नकाट्ने निर्णय नै गर्ने तयारी भएको छ,’ उनले भने, ‘एक महिनामा ६ जना कामदारलाई एयरलाइन्स कम्पनीले बोडिङ पास दिएन, किन अब टिकट काट्ने ?’
भिसा र पासपोर्टमा नाम र थर फरक भए एयरलाइन्सले कामदारलाई उडाउन नसक्ने हिमालय एयरलाइन्सका सेल्स डिपार्टमेन्टका कर्मा शेर्पाले बताए । ‘हाम्रो नियम नै यही छ, हामी उडाउन सक्दैनौं,’ उनले भने ।
नाम र थर भिसा र पासपोर्टमा अघिपछि भएकै कारण अरु कुनै एयरलाइन्सले कुनै अवरोध नगरेको र हिमालयले मात्र दुःख दिएर आर्थिक भार पारिरहेको नागिन ओभरसिजका प्रबन्धक रामकुमार भुजेलले बताए । नाम र थर अघिपछि भएकै कारण अरु एयरलाइन्सले कामदार फर्काएका छैनन्, हिमालयले नदिएपछि त्यही कामदारलाई मङ्गलबार कुवेतको वतनिया एयरवेजमार्फत पठाइयो,’ उनले भने । हिमालयले गर्दा ४७ हजार घाटा भएको उनले बताए । हिमालयनले टिकट रद्द गर्ने र पैसा कमाउने नियत राखेको देखिन्छ, पटकपटक कामदारलाई यस्तो गर्ने थालेपछि आफ्नो कम्पनीले हिमालयमा टिकट काट्न छोडेको उनले बताए । ‘एक महिनामा ६ जना कामदारको यस्तो समस्या आयो, त्यसअघि पनि यस्तै समस्या थियो,’ उनले भने ।
बिनाहस्ताक्षर र बिनालोगो हिमालय एयरलाइन्सले फिर्ता पठाएको टिकट