समृद्ध नेपाल निर्माणमा प्रधानमन्त्री मोदीको विशेष योगदान रहने विनोद चौधरीको विश्वास

प्रधानमन्त्री मोदीले बिहीबार हजारौं राष्ट्रिय अन्तर्राष्ट्रिय अतिथिहरुको उपस्थितिबीच दोस्रो कार्यकालका लागि सपथ लिएका थिए । मोदीले आफ्नो मन्त्रिपरिषदका ५७ जना सदस्यहरुलाई पनि सपथ गराएका छन् । सपथ समारोहमा भारतका प्रतिष्ठित औद्योगिक घरानाका अगुवाहरुको उपस्थिति थियो ।

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएसँगै निजी क्षेत्रका अगुवाहरुले मोदीको नेतृत्वमा तीव्र विकास हेर्न पाइने अपेक्षा गरेका छन् । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा उच्च आर्थिक वृद्धि हासिल गर्न कर, श्रम र जमिनको सन्दर्भमा विशेष जोड दिइने उनीहरुको विश्वास छ ।

प्रधानमन्त्री मोदीले बिहीबार हजारौं राष्ट्रिय अन्तर्राष्ट्रिय अतिथिहरुको उपस्थितिबीच दोस्रो कार्यकालका लागि सपथ लिएका थिए । मोदीले आफ्नो मन्त्रिपरिषदका ५७ जना सदस्यहरुलाई पनि सपथ गराएका छन् । सपथ समारोहमा भारतका प्रतिष्ठित औद्योगिक घरानाका अगुवाहरुको उपस्थिति थियो । रिलायन्स इन्डष्ट्रिजका मुकेश अम्बानी, अदानी गु्रपका अध्यक्ष गौतम अदानी, वेदान्त रिसोर्सेज लिमिटेडका कार्यकारी अध्यक्ष अनिल अग्रवाल, टाटा सन्सका रतन टाटा, महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्रा, पेटीएमका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत विजयशेखर शर्मा, वेलस्पन ग्रुपका अध्यक्ष बिके गोयन्का र चौधरी ग्रुप नेपालका अध्यक्ष विनोद चौधरीलगायतका उद्योगी प्रधानमन्त्री मोदीको सपथ समारोहमा सहभागी थिए ।

‘प्रधानमन्त्री मोदी र मन्त्रीहरुको सपथमा सहभागी हुन पाउनु गर्वको विषय हो । मलाई पूर्ण विश्वास छ कि गरिबी निवारण र आर्थिक वृद्धिका लागि वैदेशिक लगानीको वातावरणलाई बढावा दिन नयाँ सरकारले ठोस कदम चाल्नेछ,’ वेदान्त रिसोर्सेजका अग्रवालले ट्वीट गरेका छन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदी र नयाँ मन्त्रिमण्डललाई हार्दिक बधाई छ । यो कार्यकालमा पनि भारत तीव्र विकास र परिवर्तनको साक्षी बन्नेछ भन्नेमा म विश्वस्त छु’, एस्सार ग्रुपका निर्देशक प्रशान्त रुइयाले ट्वीट गरेका छन् ।

नेपालको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्री मोदीले भारतीय सरकारका तर्फबाट विशेष पहल लिने विश्वास व्यक्त गर्दै यसबाट दुई देशबीच तय भइसकेका परियोजनाहरुलाई निष्कर्षमा पु¥याउन मद्दत पुग्ने आशा व्यक्त गरेका छन् ।

‘आगामी पाँच वर्षमा नजिकको छिमेकी मुलुक नेपाललाई समृद्ध बनाउन प्रधानमन्त्री मोदीले विशेष योगदान पु¥याउनुहुनेछ भन्ने मेरो विश्वास छ’, उद्यमी चौधरीले भनेका छन्, ‘भारतले ठूलो छाती गरेर नेपालसँग यसअघि भएका सम्झौताहरु कार्यान्वयन गर्न नेपालको समृद्धिका लागि आवश्यक कदम चालेमा नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुग्नेछ । पाइपलाइनमा रहेका प्रोजेक्टहरुको कार्यान्वयन भारतको प्राथमिकतामा पर्नुपर्छ ।’

सीआईआईका अध्यक्ष विक्रम किर्लोस्करले विगतमा आफूलाई सिद्ध गरिसकेका अनुभवी र नयाँ ऊर्जा बोकेका दुवैखाले नेताहरुलाई मन्त्रिपरिषदमा सहभागी गराउने प्रधानमन्त्री मोदीको सुझबुझपूर्ण निर्णयले नयाँ र रचनात्मक कामका लागि सहयोग पुग्ने विश्वास गरेका छन् । महिन्द्रा गुपका अध्यक्ष आनन्द महिन्द्राले ट्वीट गर्दै भनेका छन्, ‘सपथ समारोहमा जाँदै गर्दा अहिले घाम अस्ताइरहेको छ । तर निश्चित रुपमा यो नयाँ सरकार र अवसरको सुरुआत हो ।’

आईटीसी लिमिटेडका प्रबन्ध निर्देशक सञ्जीव पुरीले भनेका छन्, ‘मोदीको दूरदर्शी नेतृत्वमा राष्ट्रिय महत्त्वकाङ्क्षा र क्षेत्रीय आकाङ्क्षालाई सम्बोधन गर्दै कृषि र खाद्य जस्ता क्षेत्रलाई प्रोत्साहन गरी चौतर्फी आर्थिक सामाजिक विकासको विगुल फुकिनेछ ।’

वेलस्पन ग्रुपका अध्यक्ष बीके गोयन्काले विशाल जनमतका बलमा सशक्तीकरण सम्भव हुने भन्दै कर, श्रम र जमिनको क्षेत्रमा केही मानक पुनर्संरचना गर्न सरकारले कदम चाल्ने विश्वास व्यक्त गरे । ‘निजी क्षेत्रले बेहोर्दै आएको आर्थिक तथा बैङ्किङ क्षेत्रका नसुल्झिएका समस्या र असुविधाहरु समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्छ,’ गोयन्काले भने । ‘लक्ष्यमा केन्द्रित प्रधानमन्त्री मोदी आफ्नो टिमसहित’ भनी पेटीएमका संस्थापक विजयशेखर शर्माले ट्वीट गरेका छन् ।