प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले भने– बजेटमा प्राविधिक त्रुटि भयो अब सच्याउँछौँ

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटको अनुसूची १ मा केही प्राविधिक कारणले देखिएको त्रुटि सच्याउने बताउँदै प्राविधिक त्रुटिका कारण प्रदेश र स्थानीय तहमा जाने राजस्व पनि संघमा जोडिन गएकाले त्यो सच्याइएको स्पष्ट पार्दै यसले वजेट अनुमानको अन्य अंकमा तलमाथि नपार्ने स्पष्ट पारे ।

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६ /०७७ को राजस्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको, तर प्राविधिक त्रुटि भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले वजेटको अनुसूची १ मा गलत तथ्याङ्क दिएकोभन्दै विरोध गरेपछि अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटको अनुसूची १ मा केही प्राविधिक कारणले देखिएको त्रुटि सच्याउने बताउँदै प्राविधिक त्रुटिका कारण प्रदेश र स्थानीय तहमा जाने राजस्व पनि संघमा जोडिन गएकाले त्यो सच्याइएको स्पष्ट पार्दै यसले वजेट अनुमानको अन्य अंकमा तलमाथि नपार्ने स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयन गर्न वजेटले उच्च प्राथमिकता दिएको र आन्तरिक ऋण १७२ अर्बभन्दामाथि नजाने स्पष्ट पारे ।