कांग्रेस नेता डा.रिजाल भन्छन्– पहिले बजेटमा भएको त्रुटि सच्याउ

उनले सरकारले अनुसूची १ मा गरेको ९६२ अर्बको राजस्व अनुमान गलत भएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । डा.रिजालले सरकारलाई १७२ अर्बसम्ममात्रै आन्तरिक ऋण उठाउने अधिकार ऐनले दिएको भएपनि तोकिएभन्दा बढी १९२ उठाउनु पर्ने अवस्था देखिएको भन्दै सरकारको धारणा समेत माग गरेका थिए ।

काठमाडौं । सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा भएको त्रुटि सच्याउन आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा.मिनेन्द्र रिजालले सरकारले पेश गरेको अनुमानित वजेटको अनुसूची १ को राजस्व अनुमानमा गम्भीर त्रुटि रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सरकारले अनुसूची १ मा गरेको ९६२ अर्बको राजस्व अनुमान गलत भएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।

डा.रिजालले सरकारलाई १७२ अर्बसम्ममात्रै आन्तरिक ऋण उठाउने अधिकार ऐनले दिएको भएपनि तोकिएभन्दा बढी १९२ उठाउनु पर्ने अवस्था देखिएको भन्दै सरकारको धारणा समेत माग गरेका थिए ।