चोरी गर्ने पक्राउ, साथमा भेटियो चोरीको ल्यापटप, र नगदसहित सटर फोर्न प्रयोग गरिने सामग्री

चेपाङको साथबाट ६९ हजार २५० रुपैयाँ नगद र डेल कम्पनीको ल्यापटपसहित चोर्नका लागि प्रयोग गरिने फलामको छिनो र पिलाससमेत फेला परेको प्रहरीले जनाएको छ ।

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सटर फोरेर चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । नहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ३ मनकामना चोकमा रहेको राजन कट्टेलले सञ्चालन गरेको कट्टेल ईन्टरप्राईजेजको सटर फोरेर चोरी गर्ने गोरखाको गण्डकी गाउँपालिका वडा नं. २ का २३ वर्षीय सुवास चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चेपाङलाई भैरहवाबाट पोखरा तर्फ जाँदै गरेको लु १ ख ८३७४ नम्बर को बसबाट पक्राउ गरिएको हो । चेपाङको साथबाट ६९ हजार २५० रुपैयाँ नगद र डेल कम्पनीको ल्यापटपसहित चोर्नका लागि प्रयोग गरिने फलामको छिनो र पिलाससमेत फेला परेको प्रहरीले जनाएको छ ।