प्रतिनिधिसभामा बजेटमाथि छलफल : सत्तापक्ष सांसद भन्छन्–आर्थिक वृद्धि हासिल गर्ने बजेट आयो, बिपक्षी भन्छन्–बजेट नरामुखी मात्रै भयो

उनीहरुले स्पष्ट खाका र आधारसहित आएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सके ८.५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न कुनै अप्ठ्यारो नरहने ।

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफल जारी छ । छलफलमा सत्तापक्षीय दलका सांसदहरुले बजेट ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्ने आधार तयार गर्ने गरी आएको बताए ।

उनीहरुले स्पष्ट खाका र आधारसहित आएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सके ८.५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न कुनै अप्ठ्यारो नरहने । प्रमुख प्रतिपक्षी दल लगायतका प्रतिपक्षी दलका सांसदहरुले भने बजेटको लक्ष्य नारामुखी रहेको भन्दै विकास र समृद्धिको स्पष्ट आधार र खाका वजेटले तय गर्न नसकेको बताए ।

उनीहरुले भ्रमपूर्ण, प्रचारमुखी र केन्द्रीकृत ढंगले आएको बजेटले जनतामा उत्साह ल्याउन नसकेको बताए । छलफलमा नेकपाका सांसद विष्णु पौडेलले बजेटले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्ने आधार वर्षका रुपमा विकास गर्ने स्पष्ट खाकाहरु अघि सारेको बताए ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले बजेटले उच्चतम प्रतिफल हासिल गर्ने गरी आयोजनामा सन्तुलित स्रोत निर्धारण, राजस्व संकलनको सकारात्कम आधार तयार पार्नुका साथै उत्पादन सम्बन्धमा अग्रगामी योजनाहरु बजेटमा आउनु आफैँमा महत्वपूर्ण भएको बताए ।

छलफलमा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले लिएको ८.५ प्रतिशत आर्थि वृद्धिदर, ६ प्रतिशत मुद्रा स्फिती बढ्न ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यमा विमती राख्नु पर्ने अवास्था नरहेको भएपनि बजेटले लक्ष्य हासिल गर्ने आधार तयार गर्न नसकेको बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका कार्कीले बजेटले बढ्दो व्यापार घाटाको समस्या समाधान गर्ने, लगानीको समस्या समाधान गर्ने तथा देशलाई समृद्धि तर्फ लैजाने आधार तयार गर्न नसकेको बताए । राजपा सांसद महेन्द्रराय यादवले बजेटले समाजलाई समृद्ध र सक्षम बनाउन आधार तयार गर्ने विषयमा ध्यान दिन नसकेको बताउँदै बजेट देशको समग्र क्षेत्रको वैज्ञानिक विकासभन्दा पनि ऋण लिएर जनतालाई लोभ्याउने गरी आएको भन्दै बजेटको आलोचना गरे ।

आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्यायको वार्षिक अनुमान माथिको सामान्य छलफल मंगलबार पनि जारी रहने छ ।