बिजुली नै नदिई दोब्बर महशुल तिर्न काटेको पत्र  गैरकानुनी : उद्योगी

२०७२ साल कात्तिक १५ गते विराटनगर क्षेत्रीय कार्यालय, मोरङ, जनकपुर क्षेत्रीय कार्यालय धनुषा, हेटौडा क्षेत्रीय कार्यालय, हेटौडा, काठमाडौं क्षेत्रीय कार्यालय काठमाडौं, बुटवल क्षेत्रीय कार्यालय बुटवल, पोखरा क्षेत्रीय कार्यालय पोखरा, नेपालगन्ज क्षेत्रीय कार्यालय बाँके, अत्तरिया क्षेत्रीय कार्यालय कैलालीलाई पत्र काट्दै २४ सै घण्टा विद्युत् आपूर्ति लिइरहेका उद्योगलाई मात्रै डेडिकेटड महशुल लिन पत्राचार गरेको छ ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २४ घण्टा बिजुली नदिइ दोब्बर बिजुली महशुल तिर्न काटेको पत्र नै गैरकानूनी देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७२ साल कात्तिक १५ गते ८ ओटा क्षेत्रीय कार्यालयलाई पठाएको पत्रमा ‘डेडिकेटड लाइन’बाट निरन्तर रुपमा विद्युत् आपूर्ति भइरहेको विद्यमान ग्राहक र अब उप्रान्त डेडिकेटेड फिडर बाट २४ सै घण्टा औद्योगिक, व्यापारिक तथा गैर व्यापारिक वर्गका कनेक्सन भएका ग्राहकलाई सञ्चालक समितिको निर्णय प्रतिवेदन बुँदा न ४.१४ अनुसार एनेक्स ३.१२ (क) बमोजिम नयाँ दर को प्रस्ताव स्वीकृत भए अनुसार कार्यान्वयन गर्न भनेको छ ।

सोही पत्रमा ट्रक लाइनबाट आपूर्ति लिइरहेका (६६ केभिए र ३३ केभिए) ग्राहकको पनि टीओडी डाटा डाउनलोड गरी २४ सै घण्टा विद्युत् आपूर्ति भइरहेका अवस्था रहे सोही अनुसार विलिङ गर्न निर्देशन समेत दिएको पत्रमा उल्लेख छ ।

तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालक समितिको २०७२ असार १२ गते बसेको एक सय १० औं बैठकको ‘डेडिकेटेड फिडर’ सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा काटिएको पत्रसमेत अध्ययन नगरी धमाधम उद्योगमा पत्र काटेको खुलेको छ ।

२०७२ साल कात्तिक १५ गते विराटनगर क्षेत्रीय कार्यालय, मोरङ, जनकपुर क्षेत्रीय कार्यालय धनुषा, हेटौडा क्षेत्रीय कार्यालय, हेटौडा, काठमाडौं क्षेत्रीय कार्यालय काठमाडौं, बुटवल क्षेत्रीय कार्यालय बुटवल, पोखरा क्षेत्रीय कार्यालय पोखरा, नेपालगन्ज क्षेत्रीय कार्यालय बाँके, अत्तरिया क्षेत्रीय कार्यालय कैलालीलाई पत्र काट्दै २४ सै घण्टा विद्युत् आपूर्ति लिइरहेका उद्योगलाई मात्रै डेडिकेटड महशुल लिन पत्राचार गरेको छ ।

उद्योगीले सुरु देखि नै लिँदै नलिएको सुविधाको भुक्तानी गर्न नसकिने बताउँदै आएका थिए । उनीहरुले यस अघि नै टीओडी मिटर डाउनलोड गरेर अध्ययन गर्न समेत प्राधिकरणलाई सुझाएका थिए । तर, प्राधिकरणले आफ्नो ‘व्यालेन्ससिट पोजेटिभ’ बनाउन मनलाग्दी रुपमा पत्र काटेको उद्योगीले आरोप लगाउँदै आएका छन् । उद्योगीले आरोप लगाएको कुरा क्यापिटलले फेला पारेको पत्रबाट समेत प्रस्ट हुन्छ ।

देशमा लोडसेडिङ भएका बेला उद्योगले पनि सेडुलअनुसार लोडसेडिङ भोगेको तर, प्राधिकरणले उद्योग धन्दा बन्द गराउने खेलमा लागेको आरोप लगाएका थिए ।  प्राधिकरणले डेडिकेटड र ट्रक लाइनबाट लाइन लिएकाले डेडिकेटड सरह महशुल तिर्न पत्र काटेको थियो ।