मापसेमा परेपछि १ हजार दिएर उम्किन खोज्दा प्रहरीको फन्दामा

सोमबार राति महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरेर माटरसाइकल चलाएको फेला पारेपछि प्रहरीको कारबाहीबाट बँच्न १ हजार नगद घुस दिन खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भक्तपुर । मोटरसाइकल चेक जाँच गर्ने क्रममा मापसेमा परेका चाँगुनारायण नगरपालिका–१ मा बस्ने ४० वर्षीय बाबुकृष्ण रोक्कालाई घुस दिन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरेर माटरसाइकल चलाएको फेला पारेपछि प्रहरीको कारबाहीबाट बँच्न १ हजार नगद घुस दिन खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बा.६७ प १३३३ नम्बरको मोटरसाइकल र रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।