पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका लागि प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेका विभिन्न संरचना शिलान्यासपछि आयोजित कार्यक्रममा उनले बताएकी हुन् ।
परासी । प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिइन् ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका लागि प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेका विभिन्न संरचना शिलान्यासपछि आयोजित कार्यक्रममा उनले बताएकी हुन् ।
किसानलाई कर्जामा अनुदानको व्यवस्था गरिने बताउँदै मन्त्री पौडेलले व्यावासायिक रूपले उत्पादन वृद्धि गर्न सके उत्पादित वस्तु बिक्री वितरणको जिम्मा प्रदेश सरकारले लिने विश्वास दिलाइन् ।
उक्त गाउँपालिका अध्यक्ष दीपक गुप्ताले गाउँपालिकाले पनि कृषिलाई उच्च प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिरहेको छ भन्दै प्रदेश सरकारले स्थानीय सरकारसँगको सहकार्यलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए । रासस