तनहुँका नौ पर्यटकीय क्षेत्रलाई केन्द्रीय सरकारको साढे तीन करोड बजेट

अर्थमन्त्री डा.युवराज खतिवडाले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ का विभिन्न पर्यटकीय योजनालाई उक्त बजेट विनियोजन भएको हो ।

दमौली । केन्द्रीय सरकारले तनहुँका नौ पर्यटकीय क्षेत्रलाई तीन करोड ५८ लाख बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ का विभिन्न पर्यटकीय योजनालाई उक्त बजेट विनियोजन भएको हो ।

आगामी आर्थिक वर्षमा खर्च हुने गरी व्यास नगरपालिका–४ को तनहुँ कालिका शहीद शान्ति उद्यानलाई रु ५० लाख, बन्दीपुर पर्यटन पूर्वाधार विकासका लागि ५० लाख, विमलनगरस्थित चुनपहरामा निर्माणाधीन मगर जातिको सङ्ग्रहालयका लागि ३० लाख, भानु सङ्ग्रहालयमा रहेको भानु प्रतिष्ठानका लागि १५ लाख, भानु जन्मस्थल विकास समितिलाई १८ लाख रमिर्लुङ पर्यटकीय पूर्वाधार विकासका लागि २० लाख रुपैैयाँ रकम विनियोजन गरिएको छ ।

त्यस्तै भानु नगरपालिका–५ स्थित भानु शिखर कटेरी धर्मशाला निर्माणका लागि ६० लाख, व्यास नगरपालिका–१० बैरेनीको दरै सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि २५ लाख र देवघाट क्षेत्र विकास समितिअन्तर्गत धार्मिक तथा पर्यटकीय पूर्वाधार विकासका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । रासस