इस्लाम धर्मावलम्बीहरुले आज ‘ईद–उल–फित्र’ पर्व मनाउँदै, ईदका दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा

गृहमन्त्रालयले मंगलबार साँझ एकप्रेस विज्ञप्ती जारी गरी पछिल्लो पटक बसेको मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको व्रत तोड्ने दिन अर्थात् ईद–उल–फित्र बुधबार देशभर मनाइँदै छ। नेपाली मुसलमानहरूले एक आपसमा शुभकामना साटासाट गर्ने राम्रो लगाउने र मीठो भोजन गरेर यो चाड मनाउने गर्छन्।

काठमाडौंस्थित कश्मिरी जामे मस्जिदका धर्मगुरू मोहम्मद फजीर आलम कादरीका अनुसार पैगम्बर मुहम्मदले विजय हासिल गरेको दिनका रूपमा यो चाड मनाइने गरिन्छ। विश्वभरका झण्डै दुई अर्ब मुसलमानहरु यो चाडमा सहभागी हुन्छन्। बचतको साढे दुई प्रतिशत ईदका अवसरमा गरिब तथा असहायलाई दान गर्ने प्रचलन छ।

यसैबीच सरकाले इदका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले मंगलबार साँझ एक प्रेस विज्ञप्ती जारी गरी पछिल्लो पटक बसेको मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।