बजेट पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यमा केन्द्रित छ- अर्थमन्त्री खतिवडा

पूर्वाधार क्षेत्रको विकासविना गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार सेवा पु¥याउन नसकिने भन्दै अहिलेको संघीय बजेटमा सडक सहित अन्य क्षेत्रलाई समेटेको बताए ।

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको बजेटले पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल भुटान ह्युमन क्यापिटल फोरम कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खतिवडाले मानव पूँजी सँगसँगै पूर्वाधारक्षेत्रको विकासमा केन्द्रीत रहेर बजेट ल्याइएको बताए ।

पूर्वाधार क्षेत्रको विकासविना गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार सेवा पु¥याउन नसकिने भन्दै अहिलेको संघीय बजेटमा सडकसहित अन्य क्षेत्रलाई समेटेको बताए ।

मुलुकमा तीन तहको सरकार आएकाले मानव विकास र पूँजी निर्माण र सञ्चालनमा सहज हुने अपेक्षा गरिएको उनले बताए । जनतालाई शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन सवै स्थानीय तहलाई पर्याप्त बजेट पठाइएको उनले बताए ।