खैरो हेरोइनसहित एक पक्राउ

पक्राउ पर्नेमा हेटाैंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार हुन् ।

हेटौँडा । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटाैंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र सुर्तीको प्याकेटमा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोइन सात ग्राम बरामद गरेको हो ।

पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   रासस