विश्व वातावरण दिवसको अवसरमा भिभान्ता होटलले गर्यो वृक्षारोपन (तस्बिरसहित)

विश्व वातावरण दिवसको अवसरमा झम्सीखेलमा रहेको पाँच तारे होटल भिभान्ताले वृक्षारोपन गरेको छ । होटल नजिकै रहेको मन्जुश्री स्कुुलसँगको सहकार्यमा वृक्षारोपन गरेको हो ।

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा झम्सीखेलमा रहेको पाँच तारे होटल भिभान्ताले वृक्षारोपन गरेको छ । होटल नजिकै रहेको मन्जुश्री स्कुुलसँगको सहकार्यमा वृक्षारोपन गरेको हो ।

सो अवसरमा वातावरण विनासले पर्ने असरको विषयमा चर्चासमेत गरिएको थियो । पछिल्लो समय राजधानीमा बढ्दो जनसंख्यासँगै घनाबस्तीको कारण वातावरणमा परेको प्रभावलाई नियुनीकरण गर्न वृक्षारोपन गर्न आवश्यक रहेको औँल्याएका थिए ।