बहुवर्षीय आयोजनाको दायित्व ४ खर्ब : अर्थमन्त्री

आगामी आर्थिक वर्षको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै बहुवर्षीय आयोजना कार्यान्वयनका लागि अझै ४ खर्ब रुपैयाँ आवश्यक भएको उनको भनाइ छ ।

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बहुवर्षीय आयोजनाको दायित्व ४ खर्ब रुपैयाँ रहेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै बहुवर्षीय आयोजना कार्यान्वयनका लागि अझै ४ खर्ब रुपैयाँ आवश्यक भएको उनको भनाइ छ ।

ऋणको साँवाब्याज भुक्तानी, पेन्सन संवैधानिक अङ्ग र राष्ट्रिय गौरवको दायित्व र बहुवर्षीय ठेक्काका ४ खर्बका आयोजना भएको सबैलाई गर्दा ८ खर्ब पुग्ने उनले बताए । अर्को थप ४ खर्ब दायित्व थप गर्दा सङ्घीय बजेटको आकार १२ खर्ब पुग्ने उनले स्पष्ट पारे ।