सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भी आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरिन् ।
खलङ्गा । जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट सुरु भएको छ ।
सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भी आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरिन् ।
सो अवसरमा उनले अहिलेको प्रविधिको युगमा यो प्रक्रियाबाट स्मार्ट लाइसेन्स वितरण हुनु खुशीको कुरा भएको बताइन् ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सवारी चालक अनुमितपत्र लिँदा यहाँका नागरिकले व्यहोर्नुपर्ने झण्झटको अब अन्त्य हुने बताइन् ।