५ ओटा विद्यालयलाई ल्यापटप वितरण

भगवतीको मुक्तिधाम माविमा आयोजित समारोहमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई ल्यापटप वितरण गरिन l

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच ओटा विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बिहीबार १५ थान ल्यापटप वितरण गरिएको हो ।

दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार, अमर मावि चिमखोलालाई तीन, मुक्तिधाम मावि भगवतीलाई चार, ज्ञानोदय मावि मौवाफाँटलाई दुई र रघुगङ्गा मावि पिप्लेलाई दुई थान ल्यापटप उपलब्ध गराएको हो ।

भगवतीको मुक्तिधाम माविमा आयोजित समारोहमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई ल्यापटप वितरण गरिन l

बेनीको प्रकाश माविलाई चार र म्याग्दी सामुदायिक पुस्तकालयलाई एक थान ल्यापटप उपलब्ध गराइने मन्त्री थापाका स्वकीय अधिकृत हस्तकुमार थापाले जानकारी दिए ।