बाराको डुमरबानामा आगलागी हुँदा ७ जना घाइते, २ को अवस्था गम्भीर

स्थानीय सुकुमाया ब्लोनको घरमा शुक्रबार बिहान सिलिन्डरको रेगुलेटर जोड्ने क्रममा आगलागी हुँदा एकै परिवारका चार जना ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीया अनिता थिङ र छिमेकी स्थानीय ५२ वर्षीय दिलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ बर्षकी कमलिमाया घाइते भएका छन् ।

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ मा चिया बनाउने क्रममा ग्याँस लिक भएर आगलागी हुँदा एकै परिवारका चारसहित सात जना गम्भीर घाईते भएका छन् ।

स्थानीय सुकुमाया ब्लोनको घरमा शुक्रबार बिहान सिलिन्डरको रेगुलेटर जोड्ने क्रममा आगलागी हुँदा एकै परिवारका चार जना ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनिता थिङ र छिमेकी स्थानीय ५२ वर्षीय दिलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ बर्षकी कमलिमाया घाइते भएका छन् ।

स्थानीय पसलबाट किनेर ल्याएको नयाँ सिलिन्डरमा रेगुलेटर जोडेर सुकमाया चिया पकाउन थालेकाबेला रेगुलेटर लिक भएर आगलागी हुन पुगेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कमलबहादुर शाहीले जानकारी दिए ।

भित्रबाट अचानक अवाज आएपछि हेर्न गएका सबैलाई आगोले पोलेको उनले बताए । घाईते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।